Kathmandu Press

कक्षा १२ को परीक्षा ३० भदौदेखि असोज ८ सम्म (तालिकासहित)

यसअघि ३१ साउनदेखि हुने तय भएको परीक्षा कोभिड– १९ को कारण स्थगित भएको थियो । 
कक्षा १२ को परीक्षा ३० भदौदेखि असोज ८ सम्म (तालिकासहित)

काठमाडौं, भदौ १६ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

यसअघि ३१ साउनदेखि हुने तय भएको परीक्षा कोभिड– १९ को कारण स्थगित भएको थियो । 

प्रकाशित मिति: १९:५१ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्