Kathmandu Press

हिल्सा-लिमी सीमाको विवाद अध्ययनका लागि सरकारले गठन गर्‍यो समिति

सरकारले हुम्लाको चीन सीमावर्ती क्षेत्रमा उत्पन्न सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ ।
हिल्सा-लिमी सीमाको विवाद अध्ययनका लागि सरकारले गठन गर्‍यो समिति

काठमाडौं, भदौ १६ : सरकारले हुम्लाको चीन सीमावर्ती क्षेत्रमा उत्पन्न सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ ।

‘नाम्खा गाउँपालिकाको लिमी, लाम्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिवको संयोकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गर्ने निर्णय भएको छ,’ बुधबारको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग भने ।

प्रकाशित मिति: १८:५७ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्