Kathmandu Press

चीनले खोल्यो हिन्द महासागर जोड्ने पहिलो रेल सेवा

गत साता चीनले म्यानमारको सीमानादेखि चीनको पश्चिमी भेगमा पर्ने मुख्य व्यापारिक हब चेङ्दु जोड्ने नयाँ रेल्वे लाइनबाट पहिलो ढुवानी गर्‍यो।
चीनले खोल्यो हिन्द महासागर जोड्ने पहिलो रेल सेवा

बेइजिङ, भदौ १६ : गत साता चीनले म्यानमारको सीमानादेखि चीनको पश्चिमी भेगमा पर्ने मुख्य व्यापारिक हब चेङ्दु जोड्ने नयाँ रेल्वे लाइनबाट पहिलो ढुवानी गर्‍यो। ‘चाइना–म्यानमार न्यू प्यासेज’ नाम दिइएको सो रेलमार्गबाट २७ अगस्टमा ‘परीक्षण कार्गो’ चेङ्दु पुगेको चिनियाँ समाचार एजेन्सीहरुलो जनाएका छन्।

चीनले सुरु गरेको सो ढुवानी मार्गले समुद्र-सडक-रेल गरी तीन प्रकारका मार्गको प्रयोग हुन्छ। सिंगापुरबाट आएका सामान सुरुमा हिन्द महासागरको उत्तरीपूर्वमा पर्ने अन्दमान नदी भएर यांगोन बन्दरगाह पुगेको थियो। त्यहाँबाट सडकमार्ग हुँदै त्यसलाई चीन-म्यानमार सिमानाको चीनतर्फ पर्ने लिङकाङ ल्याइएको थियो। चीनले सुरु गरेको नयाँ रेलमार्गले सीमानामा रहेको सहर लिङकाङबाट चेङ्दुसम्म पुर्‍याएको थियो।

‘यो मार्गले सिंगापुर, म्यानमार र चीनको ढुवानी मार्गलाई जोड्छ। हिन्द महासागर र दक्षिणपश्चिम चीन जोड्ने यो सबैभन्दा सजिलो जल-स्थल मार्ग हो,’ चिनियाँ समाचार एजेन्सीहरुले लेखेका छन्, ‘यो मार्गले एकतर्फी यात्रामै २०-२२ दिनको समय जोगाउँछ।’

प्रकाशित मिति: १८:४३ बजे, बुधबार, भदौ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्