Kathmandu Press

बुद्ध एयरले थाल्याे पोखरा–सिमरा उडान

पाेखरा, भदौ १६ : बुद्ध एयरले बुधबार पहिलोपल्ट पोखरा-सिमरा-पोखरा उडान भरेको छ। कम्पनीका अनुसार पहिलो दिन सिमराबाट ८ यात्रु पोखरा आउँदा पोखराबाट भने १८...
बुद्ध एयरले थाल्याे पोखरा–सिमरा उडान

पाेखरा, भदौ १६ : बुद्ध एयरले बुधबार पहिलोपल्ट पोखरा-सिमरा-पोखरा उडान भरेको छ। 

कम्पनीका अनुसार पहिलो दिन सिमराबाट ८ यात्रु पोखरा आउँदा पोखराबाट भने १८ यात्रु बोकेर जहाज सिमरा पुगेको छ। 

बुद्धले यसअघि पाखरालाई नेपालगञ्ज, भरतपुर र भैरहवालाई सीधा उडानले जोडिसकेको छ। पोखरा–सिमरा उडान सुरु भएसँगै प्रदेश २ र गण्डकी प्रदेशलाई हवाई उडानले  जोडिएको छ। ।

बुद्धको १८ सिट क्षमताको जहाजले साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार पोखरा-सिमरा उडान भर्ने कम्पनीले जनाएको छ। 

यसका लागि ४ हजार ७ सय ७०, ५ हजार २ सय ७० र ७ हजार १ सय ७० गरी तीनथरी भाडादर कायम गरिएको छ। उडान समय ३० मिनेट रहेको हुने बताइएको छ। पोखरा-सिमरा उडान अपराह्न १२ः२० र सिमरा-पोखरा उडान अपराह्न १ः१५ बजे हुनेछ।

प्रकाशित मिति: १८:२८ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्