जेठी पत्नी हेमाले दिइन् छवि-शिल्पाविरुद्ध बहुविवाहको उजुरी
काठमाडौं, साउन ५ : चलचित्र निर्माता छविराज ओझा र पत्नी शिल्पा पोखरेलबीच विवाद चर्चामा रहेका छ। यही चर्चाबीच घटनाले आइतबार नयाँ मोड लिएको छ। ....

काठमाडौं, साउन ५ : चलचित्र निर्माता छविराज ओझा र पत्नी शिल्पा पोखरेलबीच विवाद चर्चामा रहेका छ। यही चर्चाबीच घटनाले आइतबार नयाँ मोड लिएको छ।
छविकी जेठी पत्नी हेमा ओझाले आइतबार छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेपछि घटना क्रमले नयाँ मोड लिएको हो। हेमाले आफू हुँदाहुँदै छविले शिल्पासँग विवाह गरेको भन्दै उनीहरु दुवै जनाविरुद्ध महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको मुद्दा दर्ता गरेकी हुन्।
हेमाले छवि र आफूबीच २०४१ सालमा विवाह भएको र छविले अर्को विवाह गरेको उजुरीमा उल्लेख गरेकी छिन्। केही समयअघि छविकी कान्छी पत्नी शिल्पाले घरेलु हिंसाको मुद्दा दर्ता गरेकी थिइन्। पछि प्रहरीको रोहवरमा भएको छलफलमा छविले माफी मागेपछि विवाद केही हदसम्म मत्थर भएको थियो। तर, छवि र शिल्पाबीच सम्बन्ध विच्छेदको प्रसंग चलिरहेको छ।
हेमाले छवि र शिल्पाबीचको सम्बन्धबारे मिडियामा चर्चामा आएपछि आफूले के हो भनेर प्रश्न सोधे पनि छविले अर्को विवाह गरेको प्रमाण के छ भनेर जवाफ फर्काएको उजुरीमा उल्लेख गरेकी छिन्। हेमाले छविको अफिसका कर्मचारीबाट बिहे दर्ताको कागजात पाएकाले सोही आधारमा बहुविवाहको मुद्दा दिएको बताइन्।
हेमाले प्रश्न गर्दै भनेकी छिन्, 'घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग विवाह गरेकाले म यो जाहेरी लिएर उपस्थित भएकी छु।' हेमाले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिएर कानूनी कारबाही गर्न माग गरेकी छिन्।
उजुरीमा हेमाले छवि र आफूबाट छोराहरु महेश र राजीव ओझा रहेको उल्लेख गरेकी छिन्।

-1784896419.png)









