Kathmandu Press

कांग्रेस नेता विश्वकर्माले केन्द्रीय सदस्य र दलित संघ अध्यक्षबाट दिए राजीनामा

काठमाडौं, भदौ १६ : कांग्रेस नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट बुधबार राजीनामा दिएका छन्।विधानको गलत व्याख्या गरेर दलित...
कांग्रेस नेता विश्वकर्माले केन्द्रीय सदस्य र दलित संघ अध्यक्षबाट दिए राजीनामा

काठमाडौं, भदौ १६ : कांग्रेस नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट बुधबार राजीनामा दिएका छन्।

विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको आरोप लगाउँदै उनले पार्टी सभापति शेरबहादुर देउवालाई पत्रमा लेखेर राजीनामा दिएका हुन्।

उनले दलित समुदायलाई अपमान र अन्याय हुनेगरी ल्याइएको भन्दै निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाएका छन्।

११औं, १२औं र १३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको उल्लेख गर्दै उनले वर्तमान विधानको गलत व्याख्या गरेर निर्वाचन निर्देशिकालाई असमावेशी बनाइएको र जालझेलपूर्ण तरिकाबाट छलफल नै नगरी बनाइएको निदेशिकाले दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गर्ने देखिएको उनको भनाइ छ।

यसअघि ८.५ प्रतिशत दलित प्रतिनिधि हुँदै आएको उनले बताए।

यस्तो प्रवृत्तिबाट केही समयपछि कांग्रेसमा दलितको प्रतिनिधत्व शून्यमा पुग्ने भन्दै उनले कांग्रसकै भ्रातृ संस्था दलित संघको अध्यक्षका नाताले दलित समुदायलाई अन्याय र अपमान हुनेगरी ल्याइएको निर्देशिका मान्य नभएको भन्दै उनले दुवै पदबाट राजीनामा दिएका हुन्।

प्रकाशित मिति: १७:५४ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्