Kathmandu Press

खनाललाई दिइएकाे उपचार खर्च मुद्दामा कारण देखाऊ आदेश

काठमाडौं, भदौ १६ : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैरकानुनी भएको बताउँदै सर्वोच्च अदालतले सरकारका...
खनाललाई दिइएकाे उपचार खर्च मुद्दामा कारण देखाऊ आदेश

काठमाडौं, भदौ १६ : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैरकानुनी भएको बताउँदै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। 

सरकारले खनालको उपचारम लाग्ने सबै खर्च बेहोर्ने निर्णय गरेपछि अधिवक्ता विमलप्रसाद पोखरेलले त्यसविरुद्ध दायर गरेको रिट थिए। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोही रिटमाथि आज (बुधबार) सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो।

अदालतले कारण देखाउन सरकारलाई १५ दिनको समय दिएको छ। पोखरेलकाे रिटमा उच्च पदस्थ व्यक्तिलाई सरकारले उपचार खर्च दिएर राज्यको ढुकुटीको चरम दुरुपयोग गरेको आरोप लगाइएको छ।

पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले खनालको उपचारमा लाग्ने सबै खर्च बेहोर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १७:३० बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्