Kathmandu Press

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा

बेइजिङ, भदौ १६ : चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटीको छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा राजधानी बेइजिङमा हुने भएको छ। पार्टीको केन्द्रीय राजनीति विभागको...
चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा

बेइजिङ, भदौ १६ : चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटीको छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा राजधानी बेइजिङमा हुने भएको छ। 

पार्टीको केन्द्रीय राजनीति विभागको मङ्गलाबारको बैठकले छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो। पार्टीका महासचिव सी चीनफिङले केन्द्रीय राजनीति विभागको बैठकको अध्यक्षता गरेका थिए। 

बैठकमा सार्वजनिक गरिएको कार्यसूचीअनुसार केन्द्रीय राजनीति विभागले छैटौँ प्रारम्भिक बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ। बितेका सय वर्षमा पार्टीले हासिल गरेका प्रमुख उपलब्धिको समीक्षा प्रतिवेदनमा हुनेछ।
 

प्रकाशित मिति: १६:५९ बजे, बुधबार, भदौ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्