Kathmandu Press

प्रदेश २ का १० सांसद जसपा त्यागेर लोसपामा

जनकपुरधाम, भदौ १६ : प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का ११ सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पक्षमा सनाखत गरेका छन्।आज...
प्रदेश २ का १० सांसद जसपा त्यागेर लोसपामा

जनकपुरधाम, भदौ १६ : प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का ११ सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पक्षमा सनाखत गरेका छन्।

आज (बुधबार) प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर १० सांसदले जसपा परित्याग गरेर लोसपाको पक्षमा सनाखत गराएका हुन्।

लोसपाको पक्षमा सनाखत गर्ने सांसदहरुमा परमेश्वर साह, जयनुल राइन, गौरी नरायण साह, सुरिता साह, निलम भूमिहारनि, रमेश कुर्मी, बाबुलाल साह, अल्का कुमारी झा, बबिताकुमारी चौधरी र जानकी शरण साह छन्।

बिहीबार थप सांसदले सनाखत गराउने र लोसपामा सांसद संख्या बढ्ने जनाइएको छ। जसपा १४ जना सांसद खुलेर लोसपा रोजिसकेको दाबी गरिएको छ।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल त्याग गर्ने र नयाँ दलमा आफूलाई सनाखत गराउने समय भदौ २२ गतेसम्म तोकिएको छ।

प्रकाशित मिति: १६:५४ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्