नेकपामा को-को नेता भए जिल्ला र महानगरका इञ्चार्ज र सह-इञ्चार्ज? (सूचीसहित)
काठमाडौं, साउन ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ महानगरपालिकाका इञ्चार्ज तथा सह-इञ्चार्जको टुंगो लगाएको छ।
आइत....
काठमाडौं, साउन ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ महानगरपालिकाका इञ्चार्ज तथा सह-इञ्चार्जको टुंगो लगाएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले ६ महानगरपालिका र ७७ जिल्लाको इञ्चार्ज तथा सह-इञ्चार्जको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सहमति अनुसार नेकपाको काठमाडौं जिल्लाको इञ्चार्जको जिम्मेवारी सावित्रा भुसालले पाएकी छिन् भने सह-इञ्चार्जको जिम्मेवारी अञ्जना विसंखे, कुमार पौडेल, दिलीप महर्जन, नारायण सिलवाल, पार्वती थापा, बसन्तप्रसाद मानन्धर, मुक्तिनारायण प्रधान, रामेश्वर फुयाल र सुरेन्द्र मानन्धरलाई दिइएको छ।
यस्तै, ललितपुर इञ्चार्जको जिम्मेवारी हरि दाहालले पाएका छन् भने प्रमेश हमाल सह-इञ्चार्ज भएका छन्। यस्तै, भक्तपुर जिल्ला इञ्चार्ज दिलिपकुमार प्रजापति र सह-इञ्चार्जको जिम्मेवारी सोमप्रसाद मिश्रले पाएका छन्।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा इञ्चार्जको जिम्मेवारी रवीन कोइरालाले पाएका छन् भने सह-इञ्चार्जको जिम्मेवारी देवेन्द्र दाहाल, धर्मशीला चापागाईं र हरिबहादुर राजवंशीलाई दिइएको छ।
यस्तै, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनको इञ्चार्जको जिम्मेवारी कृष्ण खनालले पाएका छन् भने सह-इञ्चार्जको जिम्मेवारी ईश्वरीप्रसाद भट्टराई, गंगाकुमारी बेलवासे र ज्ञानु बस्नेत सुवेदीले पाएका छन्।
हेर्नुस् को-कोले पाए कुन जिल्लाको जिम्मेवारी :






