काठमाडौं उपत्यकामा ७१९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ १६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ।जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित...
काठमाडौं, भदौ १६ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ।
जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ। यसैगरी थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३०३० जना संक्रमणबाट मुक्त भएका छन् ।
प्रकाशित मिति: १६:३८ बजे, बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











