Kathmandu Press

कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं, साउन ५ : नेपाली कांग्रेसले सातै प्रदेशमा पार्टीका महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ। 

आइतबार बसेको केन्द्र....

कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
फाइल

काठमाडौं, साउन ५ : नेपाली कांग्रेसले सातै प्रदेशमा पार्टीका महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ। 

आइतबार बसेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले महाधिवेशन प्रतिनिधिहरुका लागि साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। 

बैठकले डा. जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गर्ने निर्णय पनि गरेको केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए, उनका अनुसार समितिमा डा. आरजु देउवा, हरिहर विरही, राजु नेपाल र प्रशिश महरा सदस्य रहेका छन्।

यस्तै, बैठकले तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरेको छ। समितिका सदस्यमा भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन सदस्य रहेका छन्।

बैठकले खिलानाथ दाहालको संयोजकत्वमा सुभाष पोखरेल, डा प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्दार र योगराज शर्मा कँडेल सदस्य रहेको स्रोत व्यवस्थापन समिति पनि गठन गरेको आचार्यले बताए। 

यस्तै, बैठकले कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको राष्ट्रिय प्रशिक्षण साउनभित्रै काठमाडौंमा गर्ने निर्णय गरेको आचार्यले बताए। 
 

प्रकाशित मिति: १७:४६ बजे, आइतबार, साउन ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्