प्रदेश २ का मन्त्री यादवद्वारा कार्यभार ग्रहण
धनुषा, भदाै १६ : प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री विजय यादवले आज पदभार ग्रहण...
धनुषा, भदाै १६ : प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री विजय यादवले आज पदभार ग्रहण गरेका छन्र।
यादवले आज (बुधबर) जनकपुरधामको मुरली चोकस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेर पदभार सम्हालेका हुन्। सो अवसरमा मन्त्री यादवलाई मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुले स्वागत गरेका थिए।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १३ भदौमा दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए। मुख्यमन्त्री राउतले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहलाई अर्थ र अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका थिए।
अर्थ मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री साहले भदौ १४ गते नै पदभार ग्रहण गरिसकेका छन्।
प्रकाशित मिति: १५:५८ बजे, बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











