कांग्रेस नेता कल्याण गुरुङद्वारा सभापतिको उम्मेदवार घोषणा
काठमाडौं, भदौ १६ : कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने भएका छन्।आज (बुधबार) पत्रकार सम्मेलनको आयोजन गरेर...
काठमाडौं, भदौ १६ : कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने भएका छन्।
आज (बुधबार) पत्रकार सम्मेलनको आयोजन गरेर उनले सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन्। यसअघि उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरिसकेका छन्।
युवाहरुको नेतृत्व गर्दै आफू सभापतिको उम्मेदवार बन्न लागेको गुरुङले बताए। युवा पुस्ता नेतृत्वमा आउनुपर्नेमा उनले जोड दिए।
आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौँमा कांग्रेसको महाधिवेशन हुँदैछ।
प्रकाशित मिति: १५:४५ बजे, बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











