Kathmandu Press

काठमाडौं उपत्यकामा भदौ मसान्तसम्म लम्ब्याइयाे निषेधाज्ञा

काठमाडौं, भदौ १६ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ मसान्तसम्म लम्ब्याइने भएको छ।उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आज (बुधबार) कोरोना महामारीको रोकथाम तथा...
काठमाडौं उपत्यकामा भदौ मसान्तसम्म लम्ब्याइयाे निषेधाज्ञा

काठमाडौं, भदौ १६ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ मसान्तसम्म लम्ब्याइने भएको छ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आज (बुधबार) कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा कायमै राख्ने निर्णय गरेका हुन्।

गत वैशाख १६ गते लागूभएको निषेधाज्ञा विभिन्न समयमा थप हुँदै आज (भदाै १६) सम्मका लागि जारी छ। कोरोना संक्रमितको संख्या घट्दै गएपछि बीचमा निषेधाज्ञा खुकुलो पारिँदै ल्याइएको छ।

यसपटक थपिएको निषेधाज्ञामा केही प्रावधानमा फेरबदल ल्याइएको छ। विद्यालय भौतिक उपस्थितिमा खोल्न नपाइने तर खोल्नैपर्ने भए सरकारद्वारा हालै जारी स्मार्ट लकडाउनको प्रावधानअनुसार स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको गर्न सक्ने बताइएको छ।

अनावश्यक रुपमा भिडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने भनी प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।

त्यसैगरी निषेधाज्ञा तोकिएको अवधिमा पर्ने चाडपर्व स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रुपमा मात्र मनाउन पाउने व्यवस्था पनि गरिएकाे छ।

प्रकाशित मिति: १५:०८ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्