निर्वाचन आयोग र सभामुखविरुद्ध सर्वोच्चमा एमाले
काठमाडौं, भदौ १६ : निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध एमाले सर्वोच्च अदालत जाने भएको छ। एमालेले पठाएको केन्द्रीय सदस्यहरूको विवरणलाई आयोगले मान्यता नदिँदा...
काठमाडौं, भदौ १६ : निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध एमाले सर्वोच्च अदालत गएकाे छ।
एमालेले पठाएको केन्द्रीय सदस्यहरूको विवरणलाई आयोगले मान्यता नदिँदा माधवकुमार नेपाललाई पार्टी विभाजनमा सजिलो भएको र सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले आज (बुधबार) सर्वोच्चमा रिट निवेदन दायर गरेको हो।
भदौ ११ गते बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन सर्वोच्च अदालतविरुद्ध निवेदन दिने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम नै अदालतमा रिट दागर गरेकाे एमाले पार्टी कार्यालयले जनाएको छ।
एमालेले गत भदौ १ मा पार्टी विभाजन रोक्न भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो।
एमालेको कारबाहीमा परेका १४ सहित ३० सांसद र ५५ केन्द्रीय सदस्यले निर्वाचन आयोग पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि आयोगले भदौ ९ गते नेकपा (एकीकृत समाजवादी) लाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो।











