बामदेव गौतमले भने–अरू टुंगिन बाँकी छ, म संगठन विभाग प्रमुख हुने पक्का भयो
काठमाडौं, साउन ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले पार्टीको संगठन विभाग प्रमुख आफू हुने पक्का भएको बताएका छन्।&nbs....
काठमाडौं, साउन ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले पार्टीको संगठन विभाग प्रमुख आफू हुने पक्का भएको बताएका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै गौतमले संगठन विभाग प्रमुख आफू हुने कुराको टुंगो लागेको बताएका हुन्।
‘संगठन विभागको प्रमुख म हुने कुरा टुंगिसक्यो। अरु विभागबारे छलफल हुँदैछ, अझै टुंगिएको छैन,’ उनले भने।
आइतबार बसेको सचिवालय बैठकले ६ महानगरपालिका र ७७ जिल्लाको इञ्चार्ज तथा सह–इञ्चार्जको टुंगो लगाएको छ। तर, पार्टीका विभाग, प्रवासस्थित संगठन लगायतका विषयमा छलफल भएपनि टुंगो लाग्न सकेको छैन।
प्रकाशित मिति: १६:३८ बजे, आइतबार, साउन ५, २०७६
थप समाचार






