कर्णालीमा एमालेका तीन सांसदले रोजे एकीकृत समाजवादी
काठमाडौं, भदौ १६ : कर्णाली प्रदेशसभामा एमालेका तीन सांसदले नेकपा (एकीकृत समाजवादी) लाई रोजेका छन्।सांसदहरू देवी ओली, चन्द्रबहादुर शाही र पदमबहादुर रोकायाले आज (बुधबार)...
काठमाडौं, भदौ १६ : कर्णाली प्रदेशसभामा एमालेका तीन सांसदले नेकपा (एकीकृत समाजवादी) लाई रोजेका छन्।
सांसदहरू देवी ओली, चन्द्रबहादुर शाही र पदमबहादुर रोकायाले आज (बुधबार) सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन्। ओली र शाही एकीकृत समाजवादी केन्द्रीय समितिमा पनि छन्।
यसअघि कर्णालमिा एमालेका २० सांसद थिए । फ्लोर क्रस गरेको भन्दै पार्टीले प्रकाश ज्वाला, कुर्मराज शाही, सम्बरबहादुर थापा, नन्दसिंह बुढा गरी चारजना कारबाही गरेपछि उनीहरुको सांसद पद गुमेको थियो। त्यसपछि १६ सांसद भए पनि तीन जना एकीकृत समाजवादीमा गएसँगै एमाले १३ जनामा खुम्चिएको छ।
अझै केही सांसद एकीकृत समाजवादीमा आउने दाबी गरिएको छ।
प्रकाशित मिति: १३:५८ बजे, बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











