Kathmandu Press

कोभिड–१९ का कारण संसद विघटन हुँदैन : जापानी प्रधानमन्त्री सुगा

टोकियो, भदौ १६ : जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताएका छन्। प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित...
कोभिड–१९ का कारण संसद विघटन हुँदैन : जापानी प्रधानमन्त्री सुगा

टोकियो, भदौ १६ : जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताएका छन्। 

प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा आज सो कुराको जानकारी दिएका हुन्। जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन्। 

यहाँका विभिन्न विपक्षी राजनीतिक दलले यही कारणले संसद्को विघटन पनि हुनसक्ने बताएका थिए। दलको यही आशङ्काका बीचमा प्रधानमन्त्री सुगाले संसद् विघटनको कार्यक्रम नरहेको स्पष्ट पारेका हुन्। 

उनले अहिले नै संसद् विघटन नहुने र प्रतिनिधिसभाको निर्वाचन पूर्वनिर्धारित समयतालिका बमोजिम नै हुने पनि जानकारी दिएका हुन्।  
 

प्रकाशित मिति: १३:५५ बजे, बुधबार, भदौ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्