Kathmandu Press

दुई लघुवित्त मर्जर भएर बन्यो सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था

काठमाडौ, भदौ १६ : सुर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थावीच मर्जर सम्झौतामा हस्ताक्षर भएको छ। दुबै संस्थाका सञ्चालक समितिका सदस्यहरु उपस्थित...
दुई लघुवित्त मर्जर भएर बन्यो सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था

काठमाडौ, भदौ १६ : सुर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थावीच मर्जर सम्झौतामा हस्ताक्षर भएको छ। दुबै संस्थाका सञ्चालक समितिका सदस्यहरु उपस्थित रहेको उक्त कार्यक्रममा सुर्योदयका अध्यक्ष लेखनाथ खनियाँ र वोमीकी अध्यक्ष विन्दीया श्रेष्ठ प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे। 

मर्जर पछि उक्त संस्थाको नाम सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ भने केन्द्रीय कार्यालय काठमाडौं उपत्यका (काठमाडौं र ललितपुर महनगरपालिका वाहेक) मा रहने सम्झौतामा भनिएको छ। 

संयुक्त मर्जर कमिटिमा सुर्योदयको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा  र एक बहादुर गोदार तथा वोमीको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाई, र शिवप्रसाद मिश्र रहेका छन् भने  रहेका छन् । सम्झौता अनुसार हाल सुर्योदयका सीईओ मोक्ष प्रसाद पंगेनी मर्जरपछि बन्ने संस्थाको सीइओ बन्नेछन् भने हाल वोमीका सीइओ प्रमेश आचार्य मर्जरपछि बन्ने संस्थाको डेपुटी सीईओ रहने छन्। 

सम्झौतामा डिडिए गरेर स्वाप रेसियो तय गरिने र आगामी पुस मसान्तसम्म मर्जर प्रक्रिया सम्पन्न गर्ने सहमति पनि भएको छ। सुर्योदयको केन्द्रीय कार्यालय स्यांजाको को पुतलीबजार रहेको छ भने वोमी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपा १४ साँगामा रहेको छ।

प्रकाशित मिति: १३:१९ बजे, बुधबार, भदौ १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्