सभामुख सापकोटाकाे मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं, भदौ १६ : सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सभामुख अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज (बुधबार) सुनुवाइ हुन...काठमाडौं, भदौ १६ : सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सभामुख अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज (बुधबार) सुनुवाइ हुन सकेन।
उक्त मुद्दाको सुनुवाइका लागि आज पेसी चढेको थियो। प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले ‘हेर्न नमिल्ने’ सर्वोच्च प्रशासनले जनाएको छ ।
न्यायाधीश कार्कीले सापकोटाको कानुन व्यवसायी हुँदा विगतमा यो मुद्दामा बहस गरेकाले स्वार्थ बाझिने भन्दै भएकाले हेर्न नमिल्ने भएको जनाइएको छ।
यसअघि २०७६ फागुन ३० गते यो मुद्दा पेसीमा चढाइए हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो।
प्रकाशित मिति: १२:५१ बजे, बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











