नेकपाले टुंगो लगायो ७७ जिल्ला र महानगरका इञ्चार्ज-सहइञ्चार्ज
काठमाडौं, साउन ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ महानगरपालिकाका इञ्चार्जको टुंगो लगाएको छ।
आइतबार प्रधान....
काठमाडौं, साउन ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ महानगरपालिकाका इञ्चार्जको टुंगो लगाएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले ६ महानगरपालिका र ७७ जिल्लाको इञ्चार्ज तथा सह–इञ्चार्जको टुंगो लगाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार पार्टी एकीकरणअघि रहेका दुवै पार्टीका जिल्ला इञ्चार्जहरुलाई नै इञ्चार्ज र सह–इञ्चार्ज तोकिएको छ।
तत्कालीन एमालेको भागमा परेको जिल्ला इञ्जार्च भएको ठाउँमा तत्कालीन माओवादीका इञ्चार्ज सह–इञ्चार्ज रहनेछन् भने तत्कालीन माओवादी केन्द्रका नेता इञ्चार्ज रहेको जिल्लामा तत्कालीन एमालेका इञ्चार्ज सह–इञ्चार्ज हुनेछन्।
श्रेष्ठका अनुसार पार्टीका विभाग, केन्द्रीय आयोग, प्रवास संगठनको एकीकरण लगायतको टुंगो मंगलबार बस्ने बैठकले लगाउनेछ।
को-को भए जिल्ला इञ्चार्ज र सह-इञ्चार्ज, हेर्नुस् सूची:






