Kathmandu Press

अध्यक्ष दाहालद्वारा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यलाभको कामना

काठमाडौं, भदौ १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल आज...
अध्यक्ष दाहालद्वारा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यलाभको कामना

काठमाडौं, भदौ १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल आज बिहान खनाल निवास डल्लु पुगेका थिए। अध्यक्ष दाहालको सचिवालयका अनुसार सो अवसरमा उनले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्यलाभको कामना गरेका थिए। 

भारतमा मिर्गौला प्रत्यारोपण गराएका पूर्वप्रधानमन्त्री खनाल यही भदौ १४ गते स्वदेश फर्केका हुन्।
 

प्रकाशित मिति: १२:०६ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्