घट्यो सुन चाँदीको मूल्य
काठमाडौं, भदौ १६ : नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आज सुनको मूल्य २ सय रुपैयाँले घटेको नेपाm सुनचाँदी व्यवसायी...
काठमाडौं, भदौ १६ : नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आज सुनको मूल्य २ सय रुपैयाँले घटेको नेपाm सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। सोमबार तेजाबी सुन ९० हजार ७ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार १२ सय ५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज १० रुपैयाँले घटेको हो। आज चाँदी ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:३७ बजे, बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











