बागमतीका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा
बागमती, भदौ १६ : बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन्। नेकपा एमालेका तर्फबाट मन्त्री बनेका उनले नवगठित नेकपा...
बागमती, भदौ १६ : बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन्। नेकपा एमालेका तर्फबाट मन्त्री बनेका उनले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेको बताइएको छ।
उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन्।
प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए।
प्रकाशित मिति: १०:२६ बजे, बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











