Kathmandu Press

जनताका अपेक्षा अनुसार काम गर्न ओली सरकार असफल : जबरा

काठमाडौं, साउन ५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएक....

जनताका अपेक्षा अनुसार काम गर्न ओली सरकार असफल : जबरा

काठमाडौं, साउन ५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।

आइतबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै अध्यक्ष राणाले जनताको भारी मत पाएर बनेको शक्तिशाली सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका हुन्।

उनले कुनै पनि उल्लेख्य काम गर्न नसकेको वर्तमान सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसकेको भन्दै आक्रोश पोखे। अध्यक्ष राणाले दुई तिहाइ मत पाएको सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसकेकाले त्यसको विरोधमा आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए। 

बैठकमा पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए। दुई दिनसम्म चल्ने बैठकले भ्रष्टाचार नियन्त्रण गर्न, मुलुकलाई सही बाटोमा अघि बढाउन ठोस धारणा तय गर्ने अध्यक्ष राणाको भनाइ छ। 
 

प्रकाशित मिति: १५:४६ बजे, आइतबार, साउन ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्