Kathmandu Press

ठमेलमा निर्वाधरुपमा व्यवसाय गर्न पाउनुपर्ने माग

काठमाडौं, भदौ  १५ : ठमेल क्षेत्रका रात्रिकालीन एवं स्पा व्यवसायीले निर्वाधरुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन्। ठमेलका क्षेत्रका व्यवसायीले आज काठमाडौँका...
ठमेलमा निर्वाधरुपमा व्यवसाय गर्न पाउनुपर्ने माग

काठमाडौं, भदौ  १५ : ठमेल क्षेत्रका रात्रिकालीन एवं स्पा व्यवसायीले निर्वाधरुपमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन्। 

ठमेलका क्षेत्रका व्यवसायीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई भेटेर यस क्षेत्रमा निर्वाधरुपमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न माग गरेका हुन्। ठमेलका घरधनी, व्यवसायी एवं कर्मचारीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेकाले स्वास्थ्य मापदण्ड अपनाएर रात्रिकालीन एवं स्पा व्यवसाय सञ्चालन गर्न माग गरिएको ठमेल पर्यटन परिषद्का उपाध्यक्ष भविश्वर शर्माले जानकारी दिए। 

‘निषेधाज्ञा अगाडिको समयमा जस्तै ठमेलभित्र व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ,’ उनले भने। कोभिड–१९ सङ्क्रमणका कारण जारी गरिएको निशेषधाज्ञाले काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा ठूलो असर पुगेको छ। 

प्रकाशित मिति: २१:०८ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्