Kathmandu Press

यस वर्ष औसतभन्दा धेरै वर्षा, मनसुुन असोज तेस्रो सातासम्म रहने

जिल्लाअनुुसार औसत वर्षा फरक फरक हुन्छ । काठमाडौंमा मनसुन अवधिमा एक हजार एक सय मिलिमिटर वर्षा औसत मानिन्छ । तर, मनसुुन सकिन लाग्दा नै औसत वर्षा भइसकेको छ ।
यस वर्ष औसतभन्दा धेरै वर्षा, मनसुुन असोज तेस्रो सातासम्म रहने
फाइल तस्बिर

काठमाडौं, भदौ १५ : यस वर्षको मनसुुन सकिन एक महिना बाँकी छ, तर औसतभन्दा धेरै वर्षा भइसकेको छ । गत जेठ २८ देखि असोज तेस्रो सातासम्म रहने मनसुुनमा औसतभन्दा बढी वर्षा भइसकेको छ ।

जिल्लाअनुुसार औसत वर्षा फरक फरक हुन्छ । काठमाडौंमा मनसुन अवधिमा एक हजार एक सय मिलिमिटर वर्षा औसत मानिन्छ । तर, मनसुुन सकिन लाग्दा नै औसत वर्षा भइसकेको छ । 

अहिलेसम्म एक हजार ५० मिलिमिटरभन्दा बढी वर्षा भइसकेको मौसम पूूर्वानुुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठ बताउँछन् । 'मनसुुन सकिनुु अगाडि नै औसत वर्षा भइसकेको छ,’ मौसमविद् श्रेष्ठ भन्छन्, ‘चार-पाँचवटा जिल्लामा औसतभन्दा कम वर्षा भएको छ ।’

Hardik ivf

उनका अनुुसार ठाउँअनुुसार वर्षाको मिलिमिटर फरक हुुन्छ । १४ भदौसम्म नेपालगञ्ज, दाङ, ओखलढुुंगा, लुुम्ले, धरान र ताप्लेजुुङमा औसतभन्दा कम पानी परेको छ । ‘न्यूूनतम दुुई सय ८० मिलिमिटर वर्षा हुुनुुलाई कम मानिन्छ,’ उनले काठमाडौं प्रेससँग भने, ‘धेरैमा ठाउँअनुुसार फरक हुुन्छ । पानी ठाउँअनुुसार फरकफ-रक औसतमा पर्छ।’

सिमरामा १५ सय, लुुम्लेमा चार हजार पाँच सय, पोखरामा तीन हजार, काठमाडौंमा एक हजार एक सय मिलिमिटर औसत वर्षा तोकिएको छ । यसपटक मनसुन एक दिन अगाडि मात्र सुुरु भएको उनको थियो । 

जुुन १३ देखि अक्टोबरसम्म मनसुुन अवधि मानिन्छ । मनसुुन सुरु हुुनुुभन्दा अगाडि हुुने प्रि-मनसुुनमा पनि औसतभन्दा बढी वर्षा भयो । मनसुुन सुरु हुुनुुभन्दा अगाडिको महिनालाई प्रि-मनसुुन भनिन्छ । ‘मनसुुन वर्षमा एकपल्ट मात्र आउँछ । मनसुुन सकिएपछि फर्किदैन । तर, मनसुुनको समयमा धेरै र कम वर्षा हुुने भने हुुन्छ,’ उनले भने । 

प्रि-मनसुुनमा न्यूनतमा ७० प्रतिशत पानी परेको छ । सबैभन्दा कम पानी पर्ने ताप्लेजुुङमा दुुई सय ८० मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी भैरहवामा चार सय ५० मिलिमिटर वर्षा भएको छ । 

भदौ पहिलो सातादेखि लगातार एक सातासम्म रहने मनसुन निरन्तर भएन । रोकिँदै फेरि वर्षा हुुँदै गयो । निरन्तर वर्षा हुुनुलाई सक्रिय वर्षा भनिन्छ, जुुन निरन्तर नरोकिई भइरहन्छ । ‘अहिले सक्रिय वर्षा कम भएर वर्षा भइरहेको छ,’ उनले भने, ‘बढी सक्रिय भन्नाले निरन्तर वर्षा हुुुुनु हो । कम सक्रिय रोकिँदै फेरि वर्षा हुुनुु हो ।’

वर्षाका कारण १ वैशाखदेखि १५ भदौसम्म १२ मृत्युु 

वर्षापछिको विपत्तिका कारण १ वैशाखदेखि १५ भदौसम्म १२ जनाको मृत्युु भइसकेको छ भने २९ जना घाइते भएका छन् । अविरल वर्षाका दुुई सय ७९ घटना संख्या छ । दुुई सय ५० परिवार अविरल वर्षाको कारण प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । 

बाढीले ३२ को मृत्यु, पहिरोले लियो ५७ जनाको ज्यान 

यस वर्ष बाढीबाट ३२ जना मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राधिकरणको तथ्यांकअनुुसार १३ घाइते भएका छन् भने १९९ परिवार प्रभावित बनेका छन् । एक सय ८ घटना संख्या छ । 

यस्तै, पहिरोका कारण यस वर्ष ५७ जनाको मृत्युु भएको छ भने ७ जना बेपत्ता छन् । ७३ घाइते भएसँगै दुुई सय ५८ परिवार बाढीबाट प्रभावित भएको प्राधिकरणको तथ्या‌क छ । दुुई सय ३५ घटना संख्या छ ।

प्रकाशित मिति: २०:२४ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्