कांग्रेसद्वारा थप तीन जिल्लाको क्रियाशील नामावली प्रकाशित, हालसम्म ५६ जिल्लाको सार्वजनिक (सूचीसहित)
आज थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशन गरेसँगै निर्वाचन समितिले हालसम्म ५६ जिल्लाको नामावली प्रकाशित गरेको छ ।
काठमाडौं, भदौ १५ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि थप ३ जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ ।
नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम सुनसरी, मकवानपुर र बाग्लुङ जिल्लाको क्रियाशील सदस्यको नामावली वेवसाइटमा प्रकाशित गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको हो ।
साथै ती जिल्लाहरुमा सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको जनाएको छ । यसअघि समितिले भदौं १० मा ३८ जिल्ला, भदौ ११ मा १० र भदौ १२ मा ५ जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको थियो ।
आज थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशन गरेसँगै निर्वाचन समितिले हालसम्म ५६ जिल्लाको नामावली प्रकाशित गरेको छ । कांग्रेसले यहि १८ गतेदेखि वडा अधिवेशन शुरु गर्दै छ ।
१. ताप्लेजुङ
२. पाँचथर
३. इलाम
४. संखुवासभा
५. तेह्रथुम
६. खोटाङ
७. सोलुखुम्बु
८. ओखलढुंगा
९. उदयपुर
१०. झापा
११. दोलखा
१२. रामेछाप
१३. सिन्धुली
१४. भक्तपुर
१५. गोरखा
१६. लम्जुङ
१७. तनहुँ
१८. कास्की
१९. मनाङ
२०. मुस्ताङ
२१. पर्वत
२२. स्याङ्जा
२३. म्याग्दी
२४. नवलपुर (वर्दघाट सुस्तापूर्व)
२५. नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)
२६. रुपन्देही
२७. पाल्पा
२८. रुकुम (पूर्वी भाग)
२९. रोल्पा
३०. रुकुम (पश्चिम भाग)
३१. जुम्ला
३२. मुगु
३३. हुम्ला
३४. बझाङ
३५. डोटी
३६. दार्चुला
३७. बैतडी
३८. कञ्चनपुर
३९ धनकुटा
४०. भोजपुर
४१. गुल्मी
४२. प्यूठान
४३. दाङ
४४. सल्यान
४५. कालिकोट
४६. जाजरकोट
४७. दैलेख
४८. अछाम
४९. नुवाकोट
५०. धादिङ
५१. चितवन
५२. ललितपुर
५३.अर्घाखाँची
५४.सुनसरी
५५. मकवानपुर
५६. बाग्लुङ



-1716033857.jpg)




-1716033857.jpg)


