डा.केसीको स्वास्थ्य झन खस्कियो, आईसियुमा सार्न चिकित्सकहरुको सुझाव
काठमडाौं, माघ १५ : डा. गोविन्द केसीको स्वास्थ्य अझ गम्भिर बन्दै गएको उनको मेडिकल रिपोर्टले देखाएको छ ।
अनसनको २१औं दिन आज साँझ सा....
काठमडाौं, माघ १५ : डा. गोविन्द केसीको स्वास्थ्य अझ गम्भिर बन्दै गएको उनको मेडिकल रिपोर्टले देखाएको छ ।
अनसनको २१औं दिन आज साँझ सार्वजनिक उनको मेडिकल रुपोर्टमा छाती धेरै दुखेको, सास फेर्न र निदाउन कठिनाइ भएको देखिएको छ । डा.केसीको रक्तचाप सामान्य रहे पनि मुटुको धड्कन घटेको छ ।

डा. केसीको उपचार टोलीका सदस्य डा. प्रमेश श्रेष्ठले हस्ताक्षर गरेको स्वास्थ्य बुलेटिन अनुसार डा. केसीलाई अक्सिजन दिईएको छ । रगतमा ग्लुकोज र पोटासियमको मात्रा पनि घटेको छ ।

लामो समय अनसन बसेका डा.केसीलाई आईसियु सार्ने सल्लाह दिईए पनि उनी मानेका छैनन् ।
उनको उपचारमा संलग्न टोलीले निरन्तर स्वास्थ्य अनुगमन गरिरहेको छ । अवस्थामा सुधार नआए उनलाई आकस्मिक उपचार आवश्यक पर्ने बताईएको छ ।







