Kathmandu Press

वागमतीका १२ पछि सुदूरपश्चिमका १० एमाले सांसद एकीकृत समाजवादीमा

वागमती प्रदेशका १२ एमाले सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेलगत्तै सुदूरपश्चिम प्रदेशसभाका १० सांसदले पनि सोही बाटो अख्तियार गरेका छन्।
वागमतीका १२ पछि सुदूरपश्चिमका १० एमाले सांसद एकीकृत समाजवादीमा

काठमाडौं, भदौ १५ : वागमती प्रदेशका १२ एमाले सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेलगत्तै सुदूरपश्चिम प्रदेशसभाका १० सांसदले पनि सोही बाटो अख्तियार गरेका छन् ।

एमाले सांसदहरूलाई पुरानै पार्टीमा बस्ने कि एकीकृत समाजवादीमा जाने भन्ने निर्णय गर्न २२ भदौसम्म समय छ । त्यतिन्जेलमा सांसद संख्या अझै बढ्ने एकीकृत समाजवादीका नेताहरूको दाबी छ ।

मंगलबार वागमती प्रदेशसभाका १२ सांसदले हेटौंडास्थित निर्वाचन कार्यालयमा उपस्थित भएर एकीकृत समाजवादी रोजेका थिए । मंगलबार नै धनगढीस्थित निर्वाचन कार्यालयमा उपस्थित भएर एमालेका १० सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् ।

पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, चुनकुमारी चौधरी,  मना साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले एकीकृत समाजवादी रोजेका हुन्।

वागमती प्रदेशमा राजेन्द्र पाण्डे, कृष्ण शर्मा खनाल, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्कीले एमाले छाडेर एकीकृत समाजवादी रोजेका छन्।

प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्