Kathmandu Press

२४ घण्टामा १६६४ नयाँ संक्रमित थपिँदा १७८६ जना संक्रमणमुक्त, २० को मृत्यु

मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १५२३ र एन्टिजेनमा १४१ गरी  १६६४ जनामा संक्रमण पुष्टि भएको हो।
२४ घण्टामा १६६४ नयाँ संक्रमित थपिँदा १७८६ जना संक्रमणमुक्त, २० को मृत्यु

काठमाडौं, भदौ १५ : पछिल्लो २४ घण्टामा देशभर १६६४जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२,२२२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १५२३ र एन्टिजेनमा १४१ गरी  १६६४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा १७८६ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्