Kathmandu Press

शीर्ष नेतृत्व बैठक : मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

काठमाडौं, भदौ १५ : सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल जसपाका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई शीघ्र...
शीर्ष नेतृत्व बैठक : मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

काठमाडौं, भदौ १५ : सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल जसपाका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीति विषयको समीक्षा, मूल्याङ्कनका साथै सरकार सञ्चालनलगायत विषयमा छलफल भएको उनले बताए। बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, महामन्त्री खड्कालगायत नेता सहभागी थिए।

प्रकाशित मिति: १६:२६ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्