गुरुयोजना बनाएर वीपी स्मृति उद्यान व्यवस्थित
बागलुङ, भदौ १५ : तीन वर्षअघि नामाकरण गरिएको बागलुङ नगरपालिका–१ रामरेखामा रहेको वीपी स्मृति उद्यानको पुनःनिर्माण गरी चिटिक्क पारिएको छ। गुरु योजनानै तयार पारेर पार्कलाई...
बागलुङ, भदौ १५ : तीन वर्षअघि नामाकरण गरिएको बागलुङ नगरपालिका–१ रामरेखामा रहेको वीपी स्मृति उद्यानको पुनःनिर्माण गरी चिटिक्क पारिएको छ।
गुरु योजनानै तयार पारेर पार्कलाई आकर्षक रुपमा निर्माण गरिएको हो। तीन वर्षमा वीपी पार्कको नामकरण बाहेक अन्य काम नहुँदा पार्क कुरुप अव्यवस्थित बन्दै गएको थियो।
आर्थिक वर्ष २०७७/७८ मा पार्कमा झण्डै १७ लाख बढी लागतमा वीपी पार्क व्यवस्थित गरिएको हो। गण्डकी प्रदेशको पर्यटन मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालयको रु १५ लाख र नेपाली काँग्रेसका शुभेच्छुकहरुबाट सङ्कलन गरिएको रु २ लाख ५१ हजार लागतमा पार्कमा आकर्षक तबरले व्यवस्थित गरिएको वीपी पार्क निर्माण समितिका अध्यक्ष मेहन्द्र आचार्यले जानकारी दिए।
‘मध्यपहाडी लोकमार्ग सँगै जोडिएको झाडीले भरिएको खाल्डाखुल्डी परेको करिब डेढ रोपनी जग्गालाई पुरेर व्यवस्थित बनाएर वीपी स्मृति उद्यानको नामकरण तीन वर्ष अघिनै गरेका थियौ,’ आचार्यले भने, ‘वीपी जयन्तीमा बृक्षरोपण गर्ने गरे पनि खुल्ला भएकाले संरक्षण थिएन, अहिले वन कार्यालय र नेपाली काँग्रेसको समन्वयमा गुरु योजना नै तयार गरी व्यवस्थित गर्न थालेका हौ, यो शुरुवात मात्रै हो, गुरु योजना अनुसार निर्माण भए पार्कले आन्तरिक पर्यटक समेत आकर्षित गर्न सक्नेछ।’
हरियाली उद्यान निर्माण गर्ने योजना अनुसार डिभिजन वन कार्यालयल बागलुङले गत आर्थिक वर्षमा वीपी पार्क पुर्ननिर्माणका लागि रु १५ लाख विनियोजन भएर काम सम्पन्न भइसकेको कार्यालय बागलुङका कार्यालय प्रमुख मुकुन्द शर्माले जानकारी दिए। शर्माका अनुसार पार्क तारबार, बृक्षरोपण, मन्दिर, शौचालय र पर्खाल लगायतका संरचना तयार भएका छन्।
प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको स्मृतिमा पार्कको गुरुयोजना अन्तर्गत थप पूर्वाधार निर्माण गरी पार्कलाई आर्कषित गर्न रु ७० लाख भन्दा बढी खर्च लाग्ने उपभोक्ता समितिको अनुमान छ। समितिका अध्यक्ष आचार्यका अनुसार पार्क कालिगण्डकी नदी माथि रहेकाले भ्यू टावर, वीपीको पूर्ण कदको शालिक, पार्कमा ढुङ्गा छाप्ने, चौतारी निर्माण लगायतका काम बाँकी छ। पार्क अपाङ्गतामैत्री समेत छ। पार्क परिसरमा झाक्री र नागको मन्दिर समेत छ। स्थानीयले नागको मन्दिरलाई समेत थप व्यवस्थित गरेका छन्।
बागलुङ जिल्लाको प्रवेशद्वार रहेको रामरेखामै दर्जन बढी पार्क छन्। मध्यपहाडी लोकमार्गको मालढुङ्गा उपल्लाचौर खण्ड अन्तर्गत पर्ने उक्त पार्कहरुबाट पवित्र कालीगण्डकी र सुन्दर मनोरम दृश्य समेत देख्न सकिने भएकाले पर्यटन प्रवद्र्धनमा समेत यस्ता पार्कले टेवा पु¥याउने वीपी पार्क अवलोकनका लागि आएकी बागलुङ बजार निवासी मीना मगरले बताइन्।
रामरेखामै सहिद पार्क, मदन आश्रित पार्क, मनिलाल पार्क र डीबी पार्क लगायतका पार्कहरु छन्। अहिले शहिद पार्कलाई समेत वन विभागको रु ४० लाखको लागतमा व्यवस्थित गरिएको छ । शहिद पार्क मात्रै २५ रोपनी क्षेत्रफलमा फैलिएको छ। गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित बागलुङ कालिका मन्दिर पछि शहिद पार्क, मदन आश्रीत पार्क हुँदै वीपी पार्क पुग्न सकिने हुनाले पर्यटकीय दृष्टिले झनै महत्वपूर्ण मानिदै आएको छ। रासस



-1716033857.jpg)




-1716033857.jpg)


