Kathmandu Press

वागमतीका १२ एमाले सांसद एकीकृत समाजवादीमा

खनालसहित १२ जना सांसदहरुले नयाँ दल रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको दुई हप्तामै अल्पमतमा परेको छ।
वागमतीका १२ एमाले सांसद एकीकृत समाजवादीमा

मकवानपुर, भदौ १५ : वागमती प्रदेशका १२ सांसदले नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । 

नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा वागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।

एकीकृत समाजवादी रोज्नेमा सांसदहरु राजेन्द्र पाण्डे, कृष्ण शर्मा खनाल, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की छन् ।

प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका कृष्ण शर्मा खनालले पनि एसमा सनाखत गरेका छन्। खनाल अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन मन्त्री बनेका थिए । 

खनालसहित १२ जना सांसदहरुले नयाँ दल रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै अल्पमतमा परेको छ। सरकार अल्पमतमा परेसँगै उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ । 

प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्