महिनादिनदेखि नउठेको काठमाडौं उपत्यकाको फोहोर बुधबारदेखि व्यवस्थापन गरिँदै, प्रहरी परिचालनको तयारी
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा मंगलबार महानगरपालिकामा सम्पन्न बैठकले फोहोर व्यवस्थापन थाल्ने निर्णय गरेको हो ।
काठमाडौं, भदौ १५ : करिब एक महिनादेखि नउठेको काठमाडौं उपत्यकाको फोहोर बुधबारदेखि व्यवस्थापन गरिने भएको छ ।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा मंगलबार महानगरपालिकामा सम्पन्न बैठकले फोहोर व्यवस्थापन थाल्ने निर्णय गरेको हो ।
बैठकमा मेयर शाक्यसहित काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशकलगायत उपस्थित थिए । प्रजिअ पराजुलीका अनुसार चोक–चोकमा थुप्रिएको फोहोर बुधबार बिहान ६ बजेदेखि उठाउन थाल्ने निर्णय भएको हो ।
नुवाकोट सिसडोलसम्म फोहोर बोकेका गाडी पु¥याउन वर्षात्का कारण सडक बिग्रेको, स्थानीय बासिन्दाले अवरोध पु¥याएकोलगायत कारणले करिब एक महिनादेखि फोहोर उठ्न सकेको थिए । फोहोर व्यवस्थापनका लागि प्रहरी परिचालन गर्ने निर्णय भएको प्रजिअ पराजुलीले जानकारी दिए ।
यस्तै, स्थानीय बासिन्दाका माग सम्बोधन गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘त्यसका लागि पहिले त उहाँहरू माग पत्र लिएर आउनुप¥यो, त्यसपछि त्यसको सम्बोधन कसरी गर्ने भन्ने निर्णय लिनेछौँ,’ प्रजिअ पराजुलीले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सोमबार काठमाडौं महानगर प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।



-1716033857.jpg)




-1716033857.jpg)


