Kathmandu Press

पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ १६ देखि

काठमाडौं, भदौ १५ : पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला यही भदौ १६ देखि काठमाडौंमा हुने भएको छ। महिला उद्यमी महासङ्घको आयोजनामा ‘सहकार्य गरौँ, सफल...
पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ १६ देखि

काठमाडौं, भदौ १५ : पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला यही भदौ १६ देखि काठमाडौंमा हुने भएको छ। 

महिला उद्यमी महासङ्घको आयोजनामा ‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका साथ आगामी भदौ १६ देखि २१ गतेसम्म उक्त मेला आयोजना हुन लागेको हो। विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि देखिएको कोभिड सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट मेला आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष रीता सिंहले जानकारी दिइन्। 

महिला उद्यमीलाई भर्चुअल माध्यमबाट वस्तु तथा सेवाहरुको प्रदर्शनी, प्रवद्र्घन, बजारीकरण र बिक्रीका लागि एक साझा स्थल सृजना गर्ने, अनलाइन बजारीकरणका लागि महिला उद्यमीलाई प्रोत्साहन गर्ने, सरोकारवाला तथा महिला उद्यमीबीच सम्बन्धको स्थापना र सञ्जालीकरण निर्माणका लागि  प्रोत्साहन गर्ने उक्त मेलाको उद्देश्य रहेको छ। 

यस्तै मेलाले नयाँ उत्पादन, सेवा तथा प्रविधिलाई लागत प्रभावकारी प्लेटफर्मतर्फ प्रोत्साहन गर्ने, उत्पादन र क्रेताहरुको एक विस्तृत दायरामा ल्याई एउटै प्लेटफर्मबाट लाभ लिने, व्यवसायीदेखि व्यवसायी र व्यवसायीदेखि उपभोक्तासम्मको सम्पर्क तथा समन्वयका लागि उत्कृष्ट अनलाइन अवसरको खोजी गर्ने लक्ष्य लिइएको छ। 

मेलाका विशेष आकर्षणका रुपमा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हातेकागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका कक्षहरु हुनेछन् । ७९ कक्ष रहने उक्त मेलामा ५७ महिला उद्यमीका कक्ष र २२ जिल्ला महिला उद्यमी सङ्घलाई प्रतिनिधित्व गर्ने कक्ष रहने महासङ्घले जनाएको छ। 
 

प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्