Kathmandu Press

जलेश्वरका मेयरले रोजे लोसपा

महोत्तरी, भदौ १५ : महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। मिश्रले महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका हुन्।मंगलबार जिल्ला...
जलेश्वरका मेयरले रोजे लोसपा

महोत्तरी, भदौ १५ : महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। मिश्रले महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका हुन्।

मंगलबार जिल्ला निर्वाचन कार्यालय महोत्तरी पुगेर उनले लोसपाको पक्षमा सनाखत गराएका हुन्। मिश्र तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट जलेश्वरका मेयरमा निर्वाचित भएका थिए। 

भदौ ९ गते निर्वाचन आयोगबाट लोसपाले विभाजित दलको मान्यता पाएको थियो। आयोगले नयाँ दल रोज्न चाहने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्मको समय दिएको छ।

नयाँ दल रोज्न आयोगले गरेको निर्णयअनुसार मंगलबार प्रदेश २ का अधिकांश जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरू जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गराइरहेका छन्।

मंगलबार र बुधबारभित्र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत भइसकेपछि विहीबारदेखि प्रदेशसभा सदस्यहरूले दल रोज्न सनाखत गराउने तयारी रहेको लोसपाले जनाएको छ । 

प्रदेश २ मा जसपाका ५५ जना प्रदेशसभा सदस्यमध्ये पूर्वराजपाका २५ जना छन्। तर, पछिल्लो समय जसपामा विवाद सुरू भएपछि पूर्वराजपाका ९ प्रदेशसभा सदस्य अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागेका थिए।


 

प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, भदौ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्