Kathmandu Press

आजदेखि फेरि वर्षा हुने, केही दिन भारी वर्षाको सम्भावना

काठमाडौं, साउन ५ : केहि दिनदेखि क्रमिक रुपमा सुधार भएको मौसम आजबाट फेरि बद्ली हुने भएको छ। आज राति नै देशका केही ठाउँमा भारी वर्षा हुने जल तथा मौसम वि....

आजदेखि फेरि वर्षा हुने, केही दिन भारी वर्षाको सम्भावना

काठमाडौं, साउन ५ : केहि दिनदेखि क्रमिक रुपमा सुधार भएको मौसम आजबाट फेरि बद्ली हुने भएको छ। आज राति नै देशका केही ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार, मनुसुन न्यून चापीय रेखा दक्षिणतिर रहेको भएपनि बंगालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण आजदेखि फेरि पानी पर्नेछ। अहिले पनि सुदूरपश्चिमी र पूर्वि नेपालमा वर्षा भइरहेको छ।

देशका अन्य भागमा पनि वर्षा हुने विभागले जनाएको छ। विभागका अनुसार, आज राति मध्ये र पूर्वका केही स्थानमा भारी वर्षा हुनेछ।

 

आजदेखि सुरू हुने वर्षा केही दिन जारी रहनेछ। सोमबारदेखि भने देशका विभिन्न भागमा भारी वर्षा हुने विभागले जनाएको छ।

असार अन्तिम साता आएको वर्षाले तराइमा डुवान र पहाडमा पहिरो जाँदा ठुलो धनजनको क्षति भएको थियो। देशका ठूला नदीहरूमा बाढी आएको थियो। अझै पनि बाढी र पहिरोको सम्भावना रहेकाले सतर्क रहन विभागले सचेत गराएको छ।

 

प्रकाशित मिति: १२:०८ बजे, आइतबार, साउन ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्