Kathmandu Press

विप्लवका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ

काठमाडौं, साउन ५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका काठमाडौं उपत्यका इन्चार्ज माइला लामा पक्राउ परेका छन्।

विशेष सूचन....

विप्लवका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ

काठमाडौं, साउन ५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका काठमाडौं उपत्यका इन्चार्ज माइला लामा पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा गएराति काठमाडौंको काँडाघारीबाट लामालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले बताए।

राजधानीको विभिन्न स्थानमा भएको बम विष्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले खोजी सूचिमा राखेको थियो। उनीसँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ। उनी माइलाका सहयोगी हुन्।

प्रकाशित मिति: १०:१५ बजे, आइतबार, साउन ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्