मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै
काठमाडौं, भदौ १५ : मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको छ।आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष...
काठमाडौं, भदौ १५ : मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको छ।
आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो। सोमबार पनि बैठक बसेको थियो।
आजको बैठकमा मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने जनाइएको छ। यससँगै आजको बैठक मन्त्रिपरिषद् विस्तारबारे सहमति जुटाउने जनाइएको छ।
सोमबारको बैठकमा शीर्ष नेताहरुले आज मन्त्रालयको भागबण्डा टुंग्याउने र बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका थिए। त्यहिअनुसार, आज बैठक बस्न लागेको जनाइएको छ।
नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल थालिएको हो। एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुनेछ।
अहिले सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन्। जनमोर्चाले सरकारमा नजाने घोषणा गरिसकेको छ।
अब अन्य चार दलबीच मन्त्रालय बाँडफाँडा गर्न लागिएको हो। अहिलेसम्म चार मन्त्री र एक राज्यमन्त्री मात्रै नियुक्त भएका छन्।



-1716033857.jpg)




-1716033857.jpg)


