डा. केसीका माग कार्यान्वयन गर्न समिति गठन
काठमाडौं, भदौ १५ : डा. गोविन्द केसीसँग गरिएको सहमति कार्यान्वयन गर्न सरकारले समिति गठन गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण...
काठमाडौं, भदौ १५ : डा. गोविन्द केसीसँग गरिएको सहमति कार्यान्वयन गर्न सरकारले समिति गठन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा समिति गठन गरिएको हो। समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्।
डा. केसीले पाँच बुँदे माग राखेर अनशनको घोषणा गरेका थिए। त्यसपछि भदौ १ गते प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका थिए।
प्रधानमन्त्री देउवाले सबै माग पूरा गर्न सरकार तत्पर रहेको बताएका थिए। प्रधानमन्त्रीको प्रतिबद्धतापछि डा. केसीले अनशन स्थगित गरेका थिए।
प्रकाशित मिति: ०७:०२ बजे, मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1716033857.jpg)




-1716033857.jpg)

