Kathmandu Press

राजधानीको गोकर्णेश्वरमा भोलिदेखि विद्यालय खुल्‍ने

काठमाडौं, भदौ १४ : काठमाडौको गोकर्णेश्वर नगरपालिकामा मंगलबार (भोली) देखि सम्पूर्ण विद्यालयहरु खुल्‍ने भएका छन् ।नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै नगरभित्रका सामुदायिक तथा...
राजधानीको गोकर्णेश्वरमा भोलिदेखि विद्यालय खुल्‍ने

काठमाडौं, भदौ १४ : काठमाडौको गोकर्णेश्वर नगरपालिकामा मंगलबार (भोली) देखि सम्पूर्ण विद्यालयहरु खुल्‍ने भएका छन् ।

नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्‍चालन गर्ने निर्णय गरेपछि मंगलबारदेखि विद्यालय खुल्‍ने जनाएको हो ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उप-सचिव विजयप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ सामाजिक एवं भौतिक दूरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरुलाई पालना गरी पूर्ण सतर्कता र सजगकताको अबलम्बन गर्दै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै मंगलबारदेखि सबै विद्यालय सञ्‍चालन गर्ने निर्णय भएकाले सोही अनुसार विद्यालय सञ्‍चालन गर्ने गराउने उपयुक्त वातावरण मिलाउन हुन अनुरोध छ ।

प्रकाशित मिति: १९:१० बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्