Kathmandu Press

बेवारिसे अवस्थामा राखिएको काठ बरामद

बर्दिया, भदौ १४ : गुलारिया नगरपालिका-९ स्थित सडक छेउमा बेवारिसे अवस्थामा राखिएको अन्दाजी १९ हजार रुपैयाँ मूल्य बराबरको ८.३ क्यूफिट काठ आइतबार प्रहरीले बरामद...
बेवारिसे अवस्थामा राखिएको काठ बरामद

बर्दिया, भदौ १४ : गुलारिया नगरपालिका-९ स्थित सडक छेउमा बेवारिसे अवस्थामा राखिएको अन्दाजी १९ हजार रुपैयाँ मूल्य बराबरको ८.३ क्यूफिट काठ आइतबार प्रहरीले बरामद गरेको छ।

सीमा प्रहरी चौकी मथुरा बर्दियाबाट खटिएको गस्ती प्रहरी टोलीले उक्त काठ फेला पारी बरामद गरेको हो।

बरामद काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय गुलरिया बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
 

प्रकाशित मिति: १८:१७ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्