Kathmandu Press

रौतहटमा पानीमा डुबेर दुई बालिकाको मृत्यु

रौतहट, साउन ४ : रौतहटमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

देवाही गोनाही नगरपालिका–५ को मा रहेको लालबकैया नद....

रौतहटमा पानीमा डुबेर दुई बालिकाको मृत्यु
सांकेतिक

रौतहट, साउन ४ : रौतहटमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

देवाही गोनाही नगरपालिका–५ को मा रहेको लालबकैया नदीको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेर शनिबार दुई बालिकाको मृत्यु भएको हो। पानीमा नुहाउन पसेका निरुता कुमारी र पिन्की कुमारीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

बाख्रा चराउन गएकी दुवै बालिका गर्मी भएपछि खाल्डोमा जमेको पानीमा पसेको हुन सक्ने प्रहरीको अनुमान छ। दुबै बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ। शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने कार्कीले बताए।
 

प्रकाशित मिति: १७:१२ बजे, शनिबार, साउन ४, २०७६