Kathmandu Press

ओलीको गुटवाद र व्यक्तिगत अहंकारलाई तोड्न विद्रोह गर्नुपरेकाे हाे : खनाल

काठमाडौं, भदौ १४ : नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले एमालेमा आफूहरुले गरेको विद्रोह अग्रगतिका निम्ति भएको बताएका छन्।भारतको नयाँ दिल्लीमा स्वास्थ्योपचार...
ओलीको गुटवाद र व्यक्तिगत अहंकारलाई तोड्न विद्रोह गर्नुपरेकाे हाे : खनाल

काठमाडौं, भदौ १४ : नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले एमालेमा आफूहरुले गरेको विद्रोह अग्रगतिका निम्ति भएको बताएका छन्।

भारतको नयाँ दिल्लीमा स्वास्थ्योपचार गराई आज (सोमबार) स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता खनालले एमाले अध्यक्ष केपी ओलीको दक्षिणपन्थी अवसरवाद र व्यक्ति अहंकारलाई तोड्न विद्रोह गर्नुपरेको बताए।

‘केपी ओलीको पार्टी भनेको त दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकारवाद र व्यक्तिवादको प्रतीक बनेको छ,’ उनले भने, ‘त्यसैले यसविरुद्ध हामीले विद्रोह गर्नुपरेको हो।’

आफू दिल्ली जाँदा पार्टी एकताका लागि आह्वान गरेको स्मरण गर्दै उनले यसबीचमा ओली नेतृत्वको कम्युनिस्ट सरकार पनि ढलेको र पार्टी पनि फुटेको बताए। तर वामपन्थी र लोकतान्त्रिक शक्तिको गठबन्धनबाट बनेकाे सरकारलाई राम्रोसँग चलाउनुपर्नेमा उनले जाेड दिए।

उनले पार्टीले दिने जुनसुकै जिम्मेवारी निभाउन पनि आफू तयार रहेको बताए। पार्टीले ७० वर्षको मापदण्ड तय गरे त्यसलाई स्वीकार गर्न तयार रहेको पनि उनले बताए। 

प्रकाशित मिति: १७:३७ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्