Kathmandu Press

काठमाडौंका मेयरलाई प्रधानमन्त्रीको निर्देशन– फोहोर उठाउने व्यवस्था तत्काल गराउनुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहोर उठाउने प्रवन्ध गर्न काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई निर्देशन दिएका छन्।
काठमाडौंका मेयरलाई प्रधानमन्त्रीको निर्देशन– फोहोर उठाउने व्यवस्था तत्काल गराउनुहोस्

काठमाडौं, भदौ १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा थुप्रिएको फोहोर जतिसक्दो छिटो उठाउने प्रवन्ध गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहोर उठाउने प्रवन्ध गर्न काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई निर्देशन दिएका हुन्। 

सोमबार प्रधानमन्त्री निवास बालुबाटारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई बोलाएर प्रधानमन्त्रीले फोहोर कसरी उठाउन सकिन्छ त्यो अनुसार प्रवन्ध गर्न निर्देशन दिएका हुन्। ‘सरकारको तर्फबाट पूर्ण सहयोग हुन्छ, तर फोहोर उठाउने व्यवस्था तत्काल गराउनुहोस्’, प्रधानमन्त्रीले उनीहरुलाई भने। 

अरु सरकारी निकायबाट पनि समन्वय हुने भन्दै कसरी हुन्छ काठमाडौंको फोहोर उठाउने व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्। 

प्रकाशित मिति: १७:०५ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्