१६ हजारको परीक्षण, २३ सयमा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
काठमाडौं, भदाै १४ : पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१६ हजार २३३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, १ हजार ८०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ।
प्रकाशित मिति: १६:३३ बजे, सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1716033857.jpg)




-1716033857.jpg)

