Kathmandu Press

भारतमा थपिए ४२ हजार कोरोना सङ्क्रमित

भारतमा थपिए ४२ हजार कोरोना सङ्क्रमित

नयाँ दिल्ली, भदौ १४ : भारतमा कोरोना भाइरसबाट थप झण्डै ४३ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ९०९ जना नयाँ सङ्क्रमित भएका थिए। सोही अवधिमा ३८० जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Hardik ivf

पछिल्लो २४ घण्टामा देशभरि सङ्क्रमितमध्ये केरालामा मात्रै २८ हजार ८३६ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्। सोही अवधिमा केरलामा ७५ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख २१० जनाको मृत्यु भएको छ। तीमध्ये ३८० जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो। 

प्रदेशअनुसार हेर्दा एक दिनमा सबैभन्दा बढी महाराष्ट्रमा मानवीय क्षति भएको छ। महाराष्ट्रमा १३१ जनाको मृत्यु भएको छ भने ओडिसामा ६७ जना र अरु प्रदेशहरुमा १०७ मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।  

भारतमा अहिलेसम्म कूल तीन करोड २६ लाख ९५ हजार ३० जना सङ्क्रमित भएका मन्त्रालयले जनाएको छ। कूल सङ्क्रमितमध्ये तीन लाख ७६ हजार ३२४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन्। यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १।१५ प्रतिशत हो। 

अहिलेसम्म कूल तीन करोड १९ लाख २३ हजार ४०५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। तीमध्ये ३४ हजार ७६३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन्। 

प्रकाशित मिति: १६:२८ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्