Kathmandu Press

उपचारपछि स्वदेश फर्किए पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं, भदौ १४ :  पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारपछि स्वदेश फर्किएका छन्।भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि उनी आज (सोमबार) स्वदेश फर्किएका हुन्।उनी केहीबेरअघि...
उपचारपछि स्वदेश फर्किए पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं, भदौ १४ :  पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारपछि स्वदेश फर्किएका छन्।

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि उनी आज (सोमबार) स्वदेश फर्किएका हुन्। उनी केहीबेरअघि मात्र त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्। 

मिर्गाैलामा समस्या देखिएपछि उनी  माघ ३० गते उपचारका लागि दिल्ली गएका थिए। अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। केही समय अस्पतालमै आराम गरेर उनी आज नेपाल फर्किएका हुन्। उनलाई उनकै जेठीसासूकी छोरीले मिगौला दिएकी थिइन्। 

उनको स्वगतका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्र पाण्डेलगायत विमानस्थल पुगेका थिए।

नेता खनाल पनि एकीकृत समाजवादीमा आबद्ध छन्। भदौ ९ गते सो पार्टीको सनाखत हुने बेलामा उनी दिल्लीमै थिए। दिल्लीस्थित दूतावासमार्फत उनले दल प्रमाणीकरणका लागि सनाखत गरेका थिए।   

  

प्रकाशित मिति: १६:१५ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्